काठमाडौ । नेकपा एमालेले मन्त्री बन्ने ८ जनाकाे नाम टुंगो लगाएको छ।
गएराति तीन बजे एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट मन्त्री बन्ने ८ जनाको नाम टुंगो लगाएका हुन्।
एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्रीकाे शपथ लिँदैछन्।
त्यसैगरी मानवीर राईले रक्षा, पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि तथा सञ्चार, विद्या भट्टराईले शिक्षा, दामोदर भण्डारीले उद्योग, राजकुमार गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासन, बलराम अधिकारीले भूमि व्यवस्था तथा सहकारी र देबेन्द्र दाहालले भौतिक पूर्वाधार तथा यातायत मन्त्रीको शपथ लिँदैछन्।
यो अन्तिम नामावली भएको एमालेका एक नेताले बताए। नयाँ मन्त्रीहरुको शपथ आजै हुँदैछ।राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ असार २०८१, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला अध्यक्षसँग एमाले महासचिव पोखरेलले गरे भर्चुअल बैठक
एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने होइन, कानूनअनुसार हुन्छ
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !