जनकपुर । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा कूल बजेटको ५५ दशमलव ७५ प्रतिशत बजेट खर्च गरेको छ ।
प्रदेश सरकारले चालु आवमा कूल रु ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार बजेट विनियोजन गरेकोमा रु २४ अर्ब ५९ करोड ३३ लाख ७६ हजार आठ सय ३९ खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालय जनकपुरधामले जनाएको छ ।
प्रदेश सरकारले चालुतर्फ रु १८ अर्ब ५३ करोड ८८ लाख ५८ हजार र पुँजीगततर्फ भने रु २५ अर्ब ५७ करोड ५७ लाख ७४ हजार विनियोजन गरेको थियो । जसमध्ये चालुतर्फ सरकारले कूल बजेटको ५० दशमलव १५ प्रतिशत अर्थात् रु नौ अर्ब २९ करोड ६९ लाख २२ हजार सात सय ४० र पुँजीगततर्फ ५९ दशमलव ८१ प्रतिशत अर्थात १५ अर्ब २९ करोड ६४ लाख ५४ हजार ९८ खर्च भएको सो कार्यालयले जनाएको छ ।
सरकारले गत आवको तुलनामा यस वर्ष एक दशमलव ६६ प्रतिशत कम बजेट खर्च गरेको हो । गत आवमा सरकारले रु ४७ अर्ब दुई करोड ४१ लाख ५२ हजार एक सय १७ बजेटमध्ये रु २७ अर्ब २४ लाख १२ हजार आठ सय ८५ अर्थात् ५७ दशमलव ४१ प्रतिशत बजेट खर्च गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ असार २०८१, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
मधेसको आर्थिक वृद्धि १.३१ प्रतिशतमा सीमित हुने
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेसमा उम्मेदवार बन्न दलका अध्यक्षको ताँती
मधेसी दलहरुको एकता समझदारी, तर अझै टुंग्गिएन पार्टी नाम, चुनाव चिन्ह्र र नेतृत्व
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय