रफाह । इजरायलले गाजामा गरेको आक्रमणमा कम्तिमा ९० जना प्यालेष्टाइनीहरूको मृत्यु भएको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले यसको जानकारी दिएको हो ।
यस घटनामा करीब ३ सय जना घाइते भएको बताइएको छ । इजरायली सेनाहरूले हमासका वरिष्ठ नेता मोहम्मद डिएफ र उनका डेपुटी राफा सलमालाई ताकेर सो आक्रमण गरेको थियो ।शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आक्रमणपछि दुई मध्ये कोही जिवित छन् कि छैन भन्ने चाँहि स्पष्ट नभएको बताएका छन् ।
खान युनिस नजिक अल मावासी क्षेत्रमा सो आक्रमण भएको थियो । यो क्षेत्रलाई इजरायली सेनाले मानवीय क्षेत्रको रुपमा निर्धारण गरेको थियो । एक पत्रकार सम्मेलनमा नेतान्याहुले हमासका सबै वरिष्ठ नेताहरुको नामोनिशान मेटाउने कशम खाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० असार २०८१, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का