वेपत्ता बस र यात्रुको अवस्था अझै अज्ञात

सफल खबर संवाददाता

आइतबार, ३० असार २०८१, ०८ : २२
वेपत्ता बस र यात्रुको अवस्था अझै अज्ञात

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूली नदीमा खसेका दुईवटा बस र यात्रुको अवस्थाअझै अज्ञात रहेको छ ।

शुक्रबार र शनिबार सेना, सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरीको प्रयासमा तीनजनाको शव फेला परेको छ । जसमध्ये दुई जनाको मात्र पहिचान खुल्नआएको छ ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो ।

काठमाडौँबाट गौरका लागि गएका बसमा २७ र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बसमा २४ यात्रु रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस