गाईघाट बजारमा कटानको जोखिम बढेपछि बरुवा नदीमा अस्थायी बाँध निर्माण

सफल खबर संवाददाता

शनिबार, २९ असार २०८१, १५ : २७
गाईघाट बजारमा कटानको जोखिम बढेपछि बरुवा नदीमा अस्थायी बाँध निर्माण

काठमाडौँ। वर्षाका कारण उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित बरुवा नदीमा आएको बाढीले बरुवा बाँधलाई क्षति पुर्‍याएको छ । यसबाट गाईघाट बजार क्षेत्रमा कटानको जोखिम बढेपछि अस्थायी बाँध निर्माण शुरू भएको छ ।

त्रियुगा नगरपालिकाले गाईघाट बजार क्षेत्रमा कटान रोक्न बरुवा नदीमा अस्थायी बाँध निर्माण जारी रहेको जनाएको छ ।​स्थानीयसहित तीनवटै सुरक्षा निकायको सहकार्यमा बरुवा नदीमा अस्थायी बाँध निर्माण जारी रहेको त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले बताए।

झण्डै तीनसय मिटर लम्बाइ र दश मिटर चौडाइको भित्रपट्टिको भूभाग बरुवा नदीले कटान गरेको थियो ।​​​ढुङ्गा, बोरामा बालुवा भर्ने र बोरामा बालुवा र ढुङ्गा राखेर तार जालीले बाँधेर अस्थायी तटबन्ध निर्माण गरिएको हो ।

त्रियुगा नगरपालिकाको वडा नम्बर ११, १२ र १० का दुई हजार घरपरिवारसहित गाईघाट क्षेत्रमा बाढीको डुबान र कटानको जोखिम अन्त्य भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस