बुटवल। बुटवलमा नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघ नेपालका कार्यकर्ता रवि थापाको हत्यामा संलग्न रहेको आरोप लागेका दुई जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
बुटवल–९ कालिकानगरमा रहेको मोन्टोना रेस्टुरेन्टमा थापामाथि धारिलो हतियार प्रहार गरी फरार रहेका बुटवल–११ का ३० वर्षका किशोर कुँवर र बुटवल–२ का २५ वर्षका पुष्कर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
कुवँर र कार्कीलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय, बुटवलको हिरासतमा राखी थप अनुसन्धान भइरहेको रुपन्देहीका प्रहरी प्रवक्ता नायव उपरीक्षक मनोहर भट्टले बताए ।गत जेठ ३ गते रेस्टुरेन्टमा कार्यरत थापामाथि छुरा प्रहार भएको थियो ।
गम्भीर घाइते उनको उपचारका क्रममा असार १८ गते काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।यसअघि युवा संघ, रुपन्देहीले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी क्षतिपूर्तिसहित आवश्यक कानूनी कारबाही गर्न माग गर्दै दबाबमूलक कार्यक्रम गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ असार २०८१, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
चोरीको मोटरसाइकल बेच्न खोज्ने दुई जना पक्राउ