दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले अनलाइनमार्फत् ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ पिप्ले बस्ने २२ वर्षीया आस्था थापा रहेकी छन् ।
निजले तनहुँको व्यास नगरपालिका–१ बस्ने सिर्जना खड्कालाई सामाजिक सञ्जाल ह्वाट्सएपको प्रयोग गरी म्यासेजमार्फत विदेशबाट मोबाइललगायत सामान एयरपोर्टमा आएको छ भनी झुक्याएर रु पाँच लाख ठगी गरेकी थिइन् ।
पक्राउ परेकी थापा विरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ असार २०८१, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित सात जना पक्राउ
हत्याको अभियोगमा एक जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
वरिष्ठ डिभिजनल वन अधिकृत भट्ट पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जना पक्राउ