काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केही दिनदेखि अविरल वर्षाको कारण देशभर बाढी पहिरोमा परी ठूलो जनधनको क्षति भएको भन्दै पीडितको उद्धार र राहतकाे लागि प्रभावकारी काम गर्न सरकारकाे ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार सामाजिक संजालमा लेख्दै कोइरालाले पीडितको उद्धार, व्यवस्थापन र खोजीको लागि तीनवटै सरकारलाई नागरिकले अनुभूति हुने गरी काम गर्न पनि माग गरेका छन् । साथै पीडितलाई राहत र घाइते उद्धारमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।
‘विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भइरहेको छ । बाढी–पहिरोमा परि कैयौं नागरिकहरू बेपत्ता छन् ।
पीडितहरूको उद्धार र उनीहरूरुको व्यवस्थापन तथा बेपत्ताहरूको खोजी कार्यमा तीनवटै तहका सरकारले नागरिकलाई अनुभूति हुने गरी काम गरोस् भन्ने आग्रह गर्दछु,’ शेखरले भनेका छन्, ‘प्राकृतिक प्रकोपको यस समयमा उद्धार कार्यमा जुट्न कांग्रेस पार्टीका सबै तहका साथीहरूलाई आग्रह समेत गर्दछु । बाढी-पहिरोमा परि मृत्यु हुनु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असार २०८१, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. शेखर कोइरालाले कुरै नबुझी गृहमन्त्रीको राजीनामा मागे : कांग्रेस प्रवक्ता
भ्रातृ संस्थामा सानो आकारको समिति बनाउन सकिन्छ : शेखर कोइराला
बीपीको सालिकमा मोसो दलेको बारे शेखरको प्रतिक्रिया : हामी विचलित हुँदैनौं
शिक्षक महासंघसँग भएको सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गर्नुपर्छ : कोइराला