काठमाडौँ । प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रम रहेको छ।
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् । नेपालको संसदीय इतिहासमा यसरी प्रधानमन्त्रीले डेढ वर्षमै पाँचौँ पटक विश्वासको मत लिनुपरेको सम्भवतः यो पहिलो घटना हो ।
संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए । दुवै ठुला दलले आलोपालो सरकारको नेतृत्व लिने गरी सरकार गठनको सहमति र निर्णय गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डको पक्षमा माओवादी केन्द्र सहित राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी मात्र देखिएका छन् ।यी तीन दलको मात्र ६३ सिट रहेको छ । कांग्रेस, एमाले, राप्रपासहितका अन्य साना दलहरू विपक्षमा उभिएकोले प्रचण्डले विश्वासको मत पाउने सम्भावना देखिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असार २०८१, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
प्रतिनिधिसभामा विपक्षीको विरोध
प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित
प्रतिनिधिसभा बैठक आइतबारसम्म स्थगित
प्रतिनिधिसभा बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित
प्रतिनिधिसभा बैठकको सुरुमै अवरोध