निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै कञ्चनपुर बन्द, हिंसात्मक बन्दै आन्दोलन

सफल खबर संवाददाता

मंगलबार, १६ असोज २०७५, १५ : १९
निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै कञ्चनपुर बन्द, हिंसात्मक बन्दै आन्दोलन

फाइल फोटो

कञ्चनपुर । कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनाका दोषी पत्ता लगाउन माग गर्दै मंगलबार आह्वान गरिएको बन्दका कारण जनजीवन प्रभावित बनेको छ ।
पन्तको हत्यारालाई पत्ता लगाउन माग गर्दै बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म बन्द आह्वान गरिएको नेपाल विद्यार्थी संघले जनाएको छ । बन्दका कारण बजार, शैक्षिक संस्था, कलकारखाना, उद्योग, यातायात पनि ठप्प छ । 

संघले बन्दको अवज्ञा गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय, कञ्चनपुरको गाडीमा पनि तोडफोड गरेको छ ।
बन्दकर्ताले बा २ झ २७१५ नम्बरको कार्यालयको गाडी तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जानकारी दएको छ । 

उनीहरूले सगरमाथा टेलिभिजनका पत्रकार चन्द्रप्रकाश जोशीलाई कुटपिट गरेको बताइएको छ । उनीहरूले स्थानीय एसटीएस टेलिभिजनको क्यामेरा समेत फुटाएका छन् ।

प्रतिक्रिया दिनुहोस