काठमाडौँ । ललितपुरको लगनखेलस्थित श्रीराम फार्मेसीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सञ्चालक लक्ष्मण महर्जन छन् ।औषधी व्यवस्था विभागको आग्रहमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताए ।
औषधि व्यवस्था विभाग बबरमहलबाट खटिएको टोलीले अनुगमन गर्दा सो फार्मेसीमा खरिद गरेको बिल नभएको औषधी भेटिएको थियो । खरिद बिल बिनाको औषधी भेटिएपछि विभागले फार्मेसी सिल गरेको छ ।
विभागको टोलीले २३० थान बिल नभएको औषधी बरामद गरेको छ । सञ्चालकविरुद्ध विभागले कानुनी कारबाही अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ असार २०८१, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ