काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीसहितका पदीय जिम्मेवारीबाट निष्काशित भएका डा. मुकुल ढकालले पत्रकार सम्मेलन गर्ने भएका छन् । बुधबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेको ढकालले जानकारी दिए ।
ढकाललाई रास्वपाले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यसमेत नरहने गरी मङ्गलवार मात्रै पार्टीको जिम्मेवारीबाट मुक्त गरेको थियो ।
केही समयअघि ढकालले सभापति लामिछानेलाई समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनमा पार्टी सञ्चालन र सभापतिको कार्यशैलीप्रति कडा आलोचनासमेत गरिएको थियो ।
प्रतिवेदनमा लेखिएका कुरा पार्टी नीति विपरीत सार्वजनिक गरेको लगायतको आरोपमा ढकाललाई केन्द्रीय समितिले पदबाट निलम्बन गरेको हो । यद्यपि पार्टीको निर्णयमा उनलाई ३५ दिनभित्र पुनरावलोकनका लागि समय दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ असार २०८१, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुकुल ढकाललाई कारबाही गरेको सक्कल फाइल मगाउन सर्वोच्चको आदेश
महामन्त्रीको रूपमा पार्टीमा काम गर्न पाउनुपर्ने मागसहित सर्वोच्च पुगे मुकुल ढकाल
रवि दाइ राजतन्त्र समातेर जाने लाइनमा हुनुहुन्थ्यो: डा. मुकुल ढकाल