काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा.मुकुल ढकालमाथिको कारबाहीबारे आज निर्णय लिने भएको छ।
कारबाहीबारे अन्तिम निर्णय लिन रास्वपाले आज बिहान-८ बजे केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीको विधानले कारबाहीसम्बन्धी निर्णय लिन केन्द्रीय समितिको बैठक अनिवार्य गरेको छ।
ढकालमाथि छानबिन गरी अनुशासन आयोगले प्रतिवेदन तयार पारिसकेको छ। उक्त प्रतिवेदन अनुशासन आयोगका प्रमुख डा भरत देवकोटाले सभापति रवि लामिछानेलाई बुझाइसकेका छन्।
प्रतिवेदनबारे आइतबार राति बसेको सचिवालय बैठकमा प्रारम्भिक छलफल भएको थियो। उक्त बैठकमा महामन्त्री ढकाललाई गर्न सकिने कारबाहीबारे पनि लगभग टुंगो लागिसकेको रास्वपा स्रोतले जनाएको छ।
गत मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई ७ दिनका लागि निलम्बन गरी आवश्यक छानबिनका लागि अनुशासन आयोगलाई जिम्मा दिएको थियो। उक्त अवधि पनि आज सकिँदै छ।
बैठकले नयाँ महामन्त्रीको जिम्मेवारी र केन्द्रीय प्रवक्ता पनि तोक्ने एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिए। ती पदाधिकारीका अनुसार, बैठकमा अरू समसायिक विषयमा पनि छलफल हुनेछ।
महामन्त्री ढकालले एक महिने समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदन पनि रास्वपाले ग्रहण नगर्ने नेताहरूले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ असार २०८१, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति