काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादीलाई समेत साथमा लिएर आवश्यकता अनुसार संविधान संशोधन गरिने बताएका छन् ।
सोमबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले काँग्रेस-एमालेको सङ्ख्याले मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी लगायतका दललाई साथमा लिएर अघि बढ्ने बताएका हुन् । उनले आफूहरू संविधान संशोधन दुई तिहाइ नभई सर्वसम्मत ढंगले गर्ने बाटोमा लाग्ने जिकिर गरे ।
उनले संविधान संशोधन गर्न सहज नहुने देखिएकाले काँग्रेस-एमाले एकैठाउमा आएको र अब सबै दललाई साथमा लिएर राष्ट्रिय सरकार बनाउने जिकिर गरे । उनले सरकार गुमेका कारण माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आक्रोशित रहेकाले काँग्रेस र एमाले सम्झाउने काममात्रै गरेको धारणा राखे ।
भट्टराईले ‘प्रचण्ड’लाई माओवादीको सङ्ख्याका आधारमा नभई व्यक्तित्वका आधारमा प्रधानमन्त्री स्वीकारेको भन्दै राष्ट्रिय हितका विषयमा प्रचण्डले साथ दिने दाबी गरे । काँग्रेस-एमालेको बाटोमा सबै दलहरू हिँड्न सके शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउने, संविधानलाई गतिशिल बनाउने र मुलुकलाई सही दिशा दिने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ असार २०८१, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘निर्वाचनमा उम्मेदवार बन्ने मन्त्रीहरूले तत्काल राजीनामा दिनुपर्छ’: योगेश भट्टराई
हामीले उठाएका मुद्दा निकट भविष्यमै अनुमोदन हुनेछन् : योगेश भट्टराई
‘राजनीतिमा बाह्य चुनौती बढिरहेको छ’: योगेश भट्टराई
म अन्तिम मतदाता ! : योगेश भट्टराई
हाम्रो उम्मेदवारी व्यक्तिगत हुन्छ, प्यानल बनाउँदैनौँ’ : योगेश भट्टराई
परिस्थितिले हामी सबैको विवेकको परीक्षा लिइरहेको छ : योगेश भट्टराई