बागलुङ । लगातार वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ३ दिनदेखि यातायातका चल्न सकेका छैनन् । करिडोरको चार ठाउँमा पहिरो खसेकाले अहिलेसम्म यातायातका साधन सञ्चालन हुन हुन नसकेका हुन् ।
शनिबार बिहानैदेखि उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए । करिडोरअन्तर्गत बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङमा ट्र्याक नै बगेकाले सडक खुल्न समय लाग्ने बागलुङ नगरपालिकाका उपप्रमुख राज खड्काले बताए ।
करिडोरको जैमिनी नगरपालिका–५ विनामारे, जैमिनी नगरपालिका–१ ठेउलेखोला र जिमिरघाटमा पहिरो खसेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ असार २०८१, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
अवरुद्ध कालीगण्डकी करिडोर दुई दिनपछि सञ्चालन
गुल्मीको कालीगण्डकी करिडोर अवरुद्ध
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा
अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन