काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले उपसभामुख इन्दिरा रानाको अभिव्यक्तिमाथि छानबिनको माग गरेकी छन् । आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले भनिन्, ‘यही असार १६ गते संसद दिवस मनाइरहँदा उपसभामुखले बोलेका भनाइहरु सञ्चारमाध्यमहरुमा आए । त्यो प्रति मेरो गम्भीर ध्यमानाकर्षण भएको छ ।’
संसद दिवसका अवसरमा पूर्वसांसद मञ्चले यही असार १६ गते संसद भवनकै लोत्से हलमा राखेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपसभामुख इन्दिरा रानाले सांसदहरु संसद भवनमै निदाउने गरेको बताएकी थिइन् ।
उनले भनेकी थिइन्, ‘…घ्वाँरघ्वाँर सुतिरहेको हुनुहुन्छ माननीय ज्यूहरु । यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखेँ । अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले । यो सुत्ने तरिकाले चाँहि हामी सभामा नबसौँ । जाग जाग नेपाली भन्न मन लाग्यो मलाई त । सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुस् ।’
उपसभामुखको यही अभिव्यक्तिमा कांग्रेसकी सांसद पौड्यालले आपत्ति जनाउँदै छानबिनको माग गरेकी हुन् ।सांसद पौड्यालले भनेकी छन्, ‘हामी सांसदहरुलाई जुन आरोपहरु लगाइएको छ । त्यो जायज छ कि नाजायज छ ? यसको छानबिन गर्नुपर्छ भन्ने यहाँ राख्न चाहन्छु ।’ विगतका उपसभामुखहरुको बोल्दे शैली ख्याल गर्न समेत उनले उपसभामुख रानालाई सुझाएकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असार २०८१, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसमा देउवा र गगनका बीचमा दुई बुँदे अन्तरिम सहमति
कांग्रेस विवाद : देउवा समूहको रिटमा आज पेसी
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
काँग्रेस संसदीय बोर्डको बैठक बस्दै
पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै
निष्क्रिय तथा पार्टीबाट अलग भएका नेता कार्यकर्तालाई फर्कन काँग्रेसको आग्रह