काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले उपसभामुख इन्दिरा रानाको अभिव्यक्तिमाथि छानबिनको माग गरेकी छन् । आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले भनिन्, ‘यही असार १६ गते संसद दिवस मनाइरहँदा उपसभामुखले बोलेका भनाइहरु सञ्चारमाध्यमहरुमा आए । त्यो प्रति मेरो गम्भीर ध्यमानाकर्षण भएको छ ।’
संसद दिवसका अवसरमा पूर्वसांसद मञ्चले यही असार १६ गते संसद भवनकै लोत्से हलमा राखेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपसभामुख इन्दिरा रानाले सांसदहरु संसद भवनमै निदाउने गरेको बताएकी थिइन् ।
उनले भनेकी थिइन्, ‘…घ्वाँरघ्वाँर सुतिरहेको हुनुहुन्छ माननीय ज्यूहरु । यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखेँ । अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले । यो सुत्ने तरिकाले चाँहि हामी सभामा नबसौँ । जाग जाग नेपाली भन्न मन लाग्यो मलाई त । सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुस् ।’
उपसभामुखको यही अभिव्यक्तिमा कांग्रेसकी सांसद पौड्यालले आपत्ति जनाउँदै छानबिनको माग गरेकी हुन् ।सांसद पौड्यालले भनेकी छन्, ‘हामी सांसदहरुलाई जुन आरोपहरु लगाइएको छ । त्यो जायज छ कि नाजायज छ ? यसको छानबिन गर्नुपर्छ भन्ने यहाँ राख्न चाहन्छु ।’ विगतका उपसभामुखहरुको बोल्दे शैली ख्याल गर्न समेत उनले उपसभामुख रानालाई सुझाएकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असार २०८१, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ