काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । आइतबार बिहान काठमाडौँमा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको हो ।
माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकालले विश्वासको मत लिने दलको बैठकले निर्णय गरे पनि मिति भने नतोकिएको जानकारी दिए । सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता र मन्त्रीहरूले राजीनामा दिई नसकेको अवस्थाले विश्वासको मत लिने समय तोक्न नसकिएको मुख्य सचेतक ढकालले जनाए । बैठकमा साउनको पहिलो हप्ता विश्वासको मत लिनेबारे छलफल भएको उनले बताए ।
ढकालका अनुसार मुख्यमन्त्री जम्कट्टेल संसदीय दलको बैठक सकेर हेटौँडा जाने तयारीमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असार २०८१, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट
मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने