चितवन । भरतपुर महागनरपालिकामा नारायणी नदीमा आएको बाढीको जोखिममा परेका १७१ जनाको उद्दार गरी सुरक्षित स्थानमा सारिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भरतपुर-१६ गुम्बाचोकबाट पुरुष २६ र महिला ३३ गरी जम्मा ५९ जनालाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए।
भरतपुर-३ स्थितमा रहेको हाम्रो घर नामक संस्थामा रहेका २४ जना बालबालिका र दुई जना महिला कामदार गरी जम्मा २६ जनालाई नजिकै रहेको एग्रोभेटको भवनमा सारिएको छ भने भरतपुर-१७ गोब्रेनीस्थितमा १७ घरधुरीका ५४ जना मानिसहरुलाई आफन्तहरुको घरमा सुरक्षित साथ सारिएको छ ।
भरतपुर(३ बालकुमारी नर्सिङ कलेजको भवनमा बस्ने ४ जनालाई ९३ पुरुष, १ महिलालाई आफन्तको घर र भरतपुर-१ देवघाटस्थित नारायणी नदीको किनारमा रहेको कुटी र स्थानीय बासिन्दा गरी जम्मा २८ जना ९२५ पुरुष, ३ महिलालाई नजिकैको मारवाडी समाजको भवनमा सुरक्षित साथ सारिएको उनले बताए ।
त्यसैगरी, लगातारको वर्षाका कारण नारायणीमा आएको बाढीले भरतपुर-३ को न्युरोड र नगरवन जोड्ने झोलुंगे पुल बगाएको छ । शनिवार राति साढे ११ बजेको समयमा बाढीले झोलुंगे पुलको दुवै तर्फको पिल्लर भत्काइ पूर्ण रुपमा क्षति भएको प्रजिअ यादवले जानकारी दिए ।
नारायणी नदीमा बाढीको सतह अझै पनि सतर्कता तह माथि रहेको छ । नारायणी पुल जलमापन केन्द्रमा बाढीको सतह ११.७४ मिटर र देवघाटमा बाढीको सतह ८.८५ मिटर रहेको छ । देशका विभिन्न जिल्लामा आज पनि भारी वर्षाको सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असार २०८१, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा नागरिकता त्याग्नेभन्दा गैर आवासीय नागरिकता लिने बढी
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
एमाले महाधिवेशन: चितवनमा प्रतिनिधि छनोट सर्वसम्मत
एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै
चितवन जिल्ला प्रशासनद्वारा राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा सुरु