काठमाडौँ । भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको हो ।
सो बीभत्स घटना मेघालय राज्य अन्तर्गत सुतंगा जयन्तिया हिल्समा भएको हो । भारतीय सञ्चारमाध्यमहरूले पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर उनीहरूको हत्या गरे जस्तो देखिएको जनाएका छन् ।
घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ । मारिने ४ जना धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ ।
४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ । यो घटनाबारे दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी गराइएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असार २०८१, ०६ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीमतीलाई घरमा अर्कै पुरुषसँग भेटेपछि हत्या
स्याङ्जामा युवकको हत्या
ललितपुरमा एक महिलाको हत्या, श्रीमान पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
जनकपुरमा एक युवतीको हत्या, २ जना घाइते
दाजुको हत्या गरी फरार युवक पक्राउ