काठमाडौं। ललितपुर प्रहरीले भारतीय नागरिकको फ्ल्याटमा छापा मारेको छ । भारतको महाराष्ट्र घर भएर ललितपुर ताल्छिखेल बस्दै आएका युवराज विभुतेको डेरामा शुक्रवार प्रहरीले छापा मारेको हो ।
प्रहरीले छापा मारेर भारतीय नागरिकहरू २० वर्षीय विक्रम यलवर, १८ वर्षीय अभिषेख विभुते, भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बिरुवाका २० वर्षीय सिद्धान्त चौलागाईं र ललितपुरकै महालक्ष्मी नगरपालिका–८ का २० वर्षीय यसवन्त सुनारलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार पक्राउ परेकाबाट १६९ ग्राम ९७० मिलीग्राम सुन, २४७ ग्राम २५० मिलीग्राम चाँदी, ५० लाख ४ हजार ७३० नगद, डिजिटल तराजु, हार्ड डिस्क, सुन पगाल्ने मशिन र बैंकमा नगद जम्मा गरेको भौचर बरामद गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ असार २०८१, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ