काठमाडौं। अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका ८ जना मन्त्रीले छोडेको ८ मन्त्रालयको जिम्मा लिएका छन् । कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणको सहमति भएपछि बुधबार राति नै एमालेका उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहितका ८ मन्त्रीले बालुवाटार पुगेरै राजीनामा बुझाएका थिए ।
त्यसपछि बिहीबार प्रचण्डले ८ मन्त्रीको राजीनामा स्वीकृत गरेका थिए ।यसबीच बहुमत गुमाएर ‘काम चलाउ’ बन्ने तरखरमा रहेका प्रधानमन्त्री प्रचण्डले आफ्नै सिफारिसमा ८ मन्त्रालयको जिम्मा लिएपछि राष्ट्रपति कार्यालयले पनि स्वीकृत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० असार २०८१, १४ : ५४
लेखकबाट थप