काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मत नेतृत्व चयन हुने बताएका छन् । बिहीबार काठमाडौँस्थित एक होटलमा पार्टीका शीर्ष तहका नेताहरूसँग छलफल गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
पार्टीको महाधिवेशनमा महासचिव घनश्याम भुसालले अध्यक्षमा दाबी गरिरहेका बेला भएको छलफलपछि सहमतिबाटै नेतृत्व टुङ्गो लाग्ने निष्कर्षमा पुगेको अध्यक्ष नेपालले दाबी गरे ।
‘छलफल चलिरहेको छ । सर्वसम्मत नेतृत्व चयन हुन्छ । पहिलो महाधिवेशन हुँदैछ, दोहोरिने होइन ।’ अध्यक्ष नेपालले महाधिवेशन पार्टीको पहिलो भएकाले अध्यक्षमा दोहोरिने नभई नयाँ नेतृत्व चयन हुने बताए ।
गत असार १६ गतेबाट जारी दसौँ महाधिवेशनको आज अन्तिम दिन हो । आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । तर नेताहरूको जोड सहमतिमा नेतृत्व छान्ने भए पनि प्रतिनिधिहरूले अध्यक्ष र महासचिव पदमा बाहेक निर्वाचन हुनुपर्ने बताउँदै आएका छन् । बुधवार बेलुकादेखि नेताहरूबिच नेतृत्वमा सहमति जुटाउन छलफल भइरहेको छ।
अध्यक्षमा दाबी गरेका भुसाललाई नेपालले महासचिवमा रहन प्रस्ताव गरे पनि उनले अधिकारसहितको पद खोजिरहेको बुझिएको छ । अन्ततः भुसाललाई महासचिव नभए वरिष्ठ उपाध्यक्षमा मनाउने प्रयास जारी रहेको नेताहरूले बताएका छन् ।
यसअघि नेता राजेन्द्र पाण्डेले वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका थिए । भुसाल वरिष्ठ उपाध्यक्षमा सहमति जुटे पाण्डेलाई उपाध्यक्ष वा वरिष्ठ नेता राख्ने विकल्पमा छलफल भइरहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० असार २०८१, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी : अध्यक्ष नेपाल
संविधान संशोधन गर्छु भनेर सरकार बनाएका कांग्रेस र एमाले पन्छिन थाले : माधव नेपाल
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरण हुनुपर्छः अध्यक्ष नेपाल
गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौँः माधव नेपाल
राजतन्त्र पुनर्स्थापना हुने सम्भावना छैन : नेपाल
जुनैबेला संसद विघटन गर्नसक्छु भन्ने सोचेर प्रधानमन्त्री ओली बसेका छन्ः माधव नेपाल