काठमाडौं। बेलायतमा आज आम चुनाव हुँदैछ । चुनावमा स्थानीय समयअनुसार बिहान ७ बजेदेखि राति १० बजेसम्म मतदान केन्द्रमा मतदान हुने बीबीसीले जनाएको छ ।आज हुने चुनावमा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
चुनावअघि गरिएको सर्वेक्षणमा लेबर पार्टीले बहुमत ल्याउने दाबी गरिएको थियो ।प्रधानमन्त्री सुनकले गएको मे २२ मा जुलाई ४ लाई आम चुनाव हुने घोषणा गरेका थिए । त्यसको आठ दिनपछि मे ३० मा संसद् विघटन गरिएको थियो ।
बेलायतमा विगत १४ वर्षदेखि कन्जरभेटिभ पार्टीले नेतृत्व गरिरहेको छ ।मतदान सकिएलगत्तै मतगणना हुनेछ । शुक्रबार बिहानसम्म अधिंकाश मतपरिणाम सार्वजनिक हुने आपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० असार २०८१, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा
बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि