काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समिति बैठकमा साङ्केतिक रूपमा विरोध प्रकट गरेका छन् । बुधबार बिहान सुरु भएको केन्द्रीय समिति बैठकमा उनले मुखमा कालो टेप टाँसेर विरोध प्रकट गरेका हुन् ।
महामन्त्री ढकालले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गर्दै आएका थिए । तर आफ्नो माग सुनुवाइ नभएपछि उनले विरोधस्वरुप मुखमा कालो टेप टाँसेर बैठकमा सहभागिता जनाएका हुन् ।
महामन्त्री ढकालले केही अघि पार्टी नेतृत्वलाई ३२ पृष्ठ लामो प्रतिवेदन बुझाएपछि रास्वपामा आन्तरिक सङ्घर्ष बढ्दै गएको सन्देश प्रवाह भएको थियो । उनको प्रतिवेदनमा पार्टी सङ्कटमा पर्दै गएको उल्लेख छ । सोही प्रतिवेदनमाथि छलफल गर्नुका साथै मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रमबारे धारणा बनाउन रास्वपाले केन्द्रीय समिति बैठक आयोजना गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ असार २०८१, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पुस ५ सम्म थप्यो
निर्वाचनलक्षित वाचा पत्र तयार गर्दै रास्वपा
रास्वपाद्वारा समानुपातिकतर्फ उम्मेदवार छनोट प्रक्रिया सुरु, आवेदन दिन आह्वान
रुपन्देही–३ बाहेक अन्यत्र उम्मेदवार चयन भएको छैन : रास्वपा
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै
रास्वपा र विवेकशीलबीच एकीकरणका लागि भोलि एकता घोषणा सभा हुँदै