मेलम्ची नदीको जलसतह बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सफल खबर संवाददाता

मंगलबार, १८ असार २०८१, १३ : २४
मेलम्ची नदीको जलसतह बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं। सिन्धुपालचोकस्थित मेलम्ची नदीको जल सतह बढेको छ । जिल्लाको नाकोटेको जलमापन केन्द्रमा हालको जलसतह (४.१८४ मिटर), सतर्कता तह आसपास रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार जलसतह बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको छ ।तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस