कञ्चनपुर। कञ्चनपुरमा महाकाली नदीमा बगेर आज दिउँसो एक जना बेपत्ता भएका छन् ।महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण कम्पनीमा कार्यरत मजदुर माछा मार्न महाकाली गएका बेला बगेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार महाकालीमा बगेर सुर्खेतको बराहताल गाउँपालिका–४ साजघाटका धनबहादुर गुरुङ बेपत्ता भएका हुन् ।बेपत्ता गुरुङको खोजी गर्न प्रहरीले गोताखोर टोली परिचालन गरेको छ ।
कम्पनीमै कार्यरत अन्य मजदुरसँग उनी माछा मार्न महाकाली गएका थिए ।वर्षाका कारण महाकाली नदीमा पानी बहाव बढेकाले खोजबिन गर्न प्रहरीलाई समस्या भएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ असार २०८१, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
नदीमा जिप खस्दा तीन जनाको मृत्यु
ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको उद्धार
अविरल वर्षाको प्रभाव : प्रमुख आठ नदीको जलसतहले खतराको तह पार
यी नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम
यी नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम