काठमाडौं। काठमाडौंमा लुटपाट गरेको आरोपमा २ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत हरियाणा कर्नाल घर भई बौद्ध नयाँ बस्ती बस्ने २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना रहेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूले काठमाडौं महानगरपालिका- ३० स्थित सेतोपुल डेरा गरी बस्ने सिन्धुलीको कमलामाई नगरपालिका- १२ घर भएकी ३५ वर्षीया महिलाको रिङ लुटपाट गरेका थिए । उनीहरू दुवै जनालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भीख माग्ने बहाना बनाएर पीडितको घरमा आएका देवु र जेलिना ती महिलाले कानमा लगाएको सुनको रिङ लुटेर भागेका थिए ।घटनाको जानकारीपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ असार २०८१, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ