काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले बजेट विनियोजनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले मन्त्रीहरुले आफू केन्द्रीत र आफूले इच्छाएका योजनामा बजेट विनियोजन गरेको आरोप लगाएका हुन् ।
योजना छनोटमा मन्त्रीहरुले बद्नियतपूर्ण कमजोरी गरेको उनको आरोप छ । उनले मन्त्रीहरुले वित्तीय संघीयता, प्रशासनिक संघीयतालाई अस्वीकार गरेको आरोप छ ।‘मन्त्रीज्यूहरुले योजना छनोट र बजेट विनियोजन गर्दा अली विरोधकारी योजना छनोट, बजेट विनियोजन गर्नुभयो । रातो किताब छाप्नुभयो र यहाँ पेश गर्नुभयो । त्यसले कहीँ न कहीँ समस्या त जन्माइरहेकै छ । यो विगतमै थियो, विगतका कमजोरीहरुको निरन्तरता हो ।’ उनले भने, ‘बद्नियतपूर्ण कमजोरी, परिस्थितिजन्य कमजोरी होईन । उहाँहरुले वित्तीय संघीयता, प्रशासनिक संघीयतालाई अस्वीकार गर्नुभयो । मानव सूचाङ्कका आधारमा जिल्ला र पालिकालाई प्राथमिकता दिनु्पर्ने, त्यो कुरा अस्वीकार गर्नुभएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ असार २०८१, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन