काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले बजेट विनियोजनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले मन्त्रीहरुले आफू केन्द्रीत र आफूले इच्छाएका योजनामा बजेट विनियोजन गरेको आरोप लगाएका हुन् ।
योजना छनोटमा मन्त्रीहरुले बद्नियतपूर्ण कमजोरी गरेको उनको आरोप छ । उनले मन्त्रीहरुले वित्तीय संघीयता, प्रशासनिक संघीयतालाई अस्वीकार गरेको आरोप छ ।‘मन्त्रीज्यूहरुले योजना छनोट र बजेट विनियोजन गर्दा अली विरोधकारी योजना छनोट, बजेट विनियोजन गर्नुभयो । रातो किताब छाप्नुभयो र यहाँ पेश गर्नुभयो । त्यसले कहीँ न कहीँ समस्या त जन्माइरहेकै छ । यो विगतमै थियो, विगतका कमजोरीहरुको निरन्तरता हो ।’ उनले भने, ‘बद्नियतपूर्ण कमजोरी, परिस्थितिजन्य कमजोरी होईन । उहाँहरुले वित्तीय संघीयता, प्रशासनिक संघीयतालाई अस्वीकार गर्नुभयो । मानव सूचाङ्कका आधारमा जिल्ला र पालिकालाई प्राथमिकता दिनु्पर्ने, त्यो कुरा अस्वीकार गर्नुभएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ असार २०८१, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
माओवादीको केन्द्रीय कमिटी बैठक जारी
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)