हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले पार्टीका सांसदहरूलाई प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ ।बिहीबारको प्रदेशसभामा कांग्रेस सांसदहरूलाई अनिवार्य उपस्थित हुन संसदीय दलको बैठकले ह्विप जारी गरेको हो ।
जसअनुसार सांसदहरूलाई बजेटको विपक्षमा उभिन निर्देशन दिइएको छ ।संसदीय दलको बैठकले बजेट असन्तुलित र त्रुटिपूर्ण भएकाले स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए ।
प्रदेशसभाको बिहीबारको बैठकमा प्रदेश सरकारको विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको विषयगत मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने र त्यसपछि पारित गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ असार २०८१, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट
मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने