काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका १९ वटा निर्माण कम्पनीलाई कालोचूचीमा राखेको छ।
आज (मंगलबार) सूचना जारी गर्दै कार्यालयले काममा ढिलासुस्ती गर्ने १९ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।
कालो सूचीमा राख्नको लागि विभिन्न निकायबाट लेखि आएकाले ती निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।
कार्यालयले कालो सूचीमा राखिएका कम्पनीसँग यस अवधिमा कुनै पनि खरिद सम्झौता र कारोबार नगर्न कार्यालयले अनुरोध गरेको छ।
यी हुन् कालो सूचीमा पर्ने १९ निर्माण कम्पनी

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ असार २०८१, ०७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी २० निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा
यी ११ निर्माण कम्पनी प्रधानमन्त्री कार्यालयको कालो सूचीमा
यी ६ निर्माण कम्पनी परे कालो सूचीमा