काठमाडौ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।
कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।
जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।
एक वर्षदेखि तीन वर्षको लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।
हेर्नुहोस् कालो सूचीमा राखिएका निर्माण कम्पनीहरूको विवरण

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ पुस २०८२, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी २० निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा
यी ६ निर्माण कम्पनी परे कालो सूचीमा
यी २ निर्माण कम्पनी परे कालो सूचीमा
यी दुई निर्माण कम्पनी परे कालो सूचीमा