काठमाडौं । टी-२० विश्वकप २०२४ को सुपर-८ अन्तर्गत आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई १८१ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४ विकेटको क्षतिमा १८० रन बनाएको हो । वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ३८, किकोलस पुरन र रोभम्यान पावेलले ३६/३६ रन बनाए भने ब्रेन्डन किङ २३ रनमा रिटार्यड हर्ट भए ।
यस्तै, शेरफेन रदरफोर्ड २८ र रोमारियो शेफर्ड ५ रनमा अविजित रहे । इंग्ल्यान्डका जोफ्रा आर्चर, अदिल राशिद, मोइन अली र लियाम लिभिङस्टोनले एक/एक विकेट लिए ।
वेस्ट इन्डिज समूह चरणमा सबै चार खेलमा अपराजित हुँदै सुपर-८ मा आइपुगेको हो । वेस्ट इन्डिज सुपर-८ मा समूहर २ मा रहेको छ । यो समूहमा इंग्ल्यान्डका साथै अमेरिका र साउथ अफ्रिका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ असार २०८१, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित
नेपाल र वेस्ट इन्डिजको फाइनल भिडन्त आज
वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित दर्ता गरेको नेपाल आज दोस्रो खेल खेल्दै
वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित
पहिलोपटक वेस्ट इन्डिजविरुद्ध खेल्दै नेपाल
नेपालसँग भिड्ने वेस्ट इन्डिजको टिम घोषणा : को को छन् खेलाडी ?