काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनी भ्रमणको क्रममा मंगलबार पूर्वी बर्लिन क्षेत्र अवलोकन भ्रमण गरेका छन् ।
उनले बर्लिनस्थित नेपाली राजदूतावासको निरीक्षण पनि गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले भ्रमणको क्रममा गरेको मिहिनेतको प्रशंसा गर्दै राजदूतलगायतका कर्मचारीले नेपालमा जर्मनी लगानी भित्र्याउन मिहिनेत गर्नुपर्न आवश्यकता औँल्याए । भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ ।
जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुगेका हुन् । सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयांक वाल्टर स्टाइनमायरबीच जर्मनीको बर्लिनमा प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता भएको थियो । सन् १९८६ यता राष्ट्र प्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ ।
राष्ट्रपति पौडेल मंगलबारै स्वदेश फर्कने क्रममा बर्लिनबाट कतारको दोहा प्रस्थान गरेका छन् । उनी बुधबार नेपाल आइपुग्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ असार २०८१, २१ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेल गुहेश्वरी पुगेर छठ पूजामा सहभागी
राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण
राष्ट्रपति पौडेलले गरे गाई पूजा
राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस
राष्ट्रपति पौडेलसमक्ष थारू आयोगको प्रतिवेदन पेस
जेनजी वार्ता टोलीले राष्ट्रपति पौडेललाई बुझाए ८ बुँदे माग