काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनी भ्रमणको क्रममा मंगलबार पूर्वी बर्लिन क्षेत्र अवलोकन भ्रमण गरेका छन् ।
उनले बर्लिनस्थित नेपाली राजदूतावासको निरीक्षण पनि गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले भ्रमणको क्रममा गरेको मिहिनेतको प्रशंसा गर्दै राजदूतलगायतका कर्मचारीले नेपालमा जर्मनी लगानी भित्र्याउन मिहिनेत गर्नुपर्न आवश्यकता औँल्याए । भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ ।
जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुगेका हुन् । सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयांक वाल्टर स्टाइनमायरबीच जर्मनीको बर्लिनमा प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता भएको थियो । सन् १९८६ यता राष्ट्र प्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ ।
राष्ट्रपति पौडेल मंगलबारै स्वदेश फर्कने क्रममा बर्लिनबाट कतारको दोहा प्रस्थान गरेका छन् । उनी बुधबार नेपाल आइपुग्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ असार २०८१, २१ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सेवा, करुणा र शान्ति नेपाली जीवनदर्शनका मूल आधार’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा वैकल्पिक, विकास वित्त परिचालन विधेयक प्रमाणीकरण
“सक्षम, नैतिक तथा प्रविधिमैत्री कर्मचारीतन्त्रले मात्रै सुशासन दिन सक्छ” : राष्ट्रपति पौडेल
किसानको मुस्कानमा राष्ट्रको खुसी लुकेको हुन्छ : राष्ट्रपति पौडेल
राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक : राष्ट्रपति पौडेल
‘हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो’ : राष्ट्रपति पौडेल