सुदूरपश्चिम प्रदेशको बजेट प्रस्तुत गर्दै मन्त्री पाल

सफल खबर संवाददाता

शनिबार, ०१ असार २०८१, १६ : ५२
सुदूरपश्चिम प्रदेशको बजेट प्रस्तुत गर्दै मन्त्री पाल

सुर्खेत । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले प्रदेश सभामा आगामी आर्थिक वर्षको वार्षिक आय र व्ययको अनुमान प्रस्तुत गरेका हुन् ।

मन्त्री पालले प्रदेश पूर्वाधार, शिक्षा र स्वास्थ्य तथा प्रदेशस्तरीय आर्थिक विकासलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट बनाएका छन् । यस्तै उनले रोजगारी सृजना र उद्योगधन्दालाई समेत प्राथमिकतामा राखेको जानकारी दिएका छन् ।

मन्त्री पालले चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र ३ प्रतिशतभन्दा बढीले विस्तार हुने अनुमान रहेको बताए । गत आर्थिक वर्ष प्रदेशको आर्थिक वृद्धिदर १.४२ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस