बुटवल। संघीय सरकारको सिको गर्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले नेपालमै बनेको ‘ब्रिफकेश’ प्रयोग गरेका छन् ।शनिबार लुम्बिनी प्रदेश सभामा बजेट पेश गर्नुअघि आचार्यले नयाँ ‘ब्रिफकेश’सहित तस्वीर खिचाए ।ब्रिफकेश नेपाली ढाका मिक्स गरेर बनाइएको बताइएको छ ।
आचार्यले सदनमा बजेट प्रस्तुत गरिरहेका छन् ।संघीय सरकारका अर्थमन्त्री पुनले जेठ १५ गते प्रस्तुत गरेको बजेटमा नेपाली ब्रिफकेश प्रयोग गरेका थिए ।
ढाका उद्योगलाई प्रवर्द्धन गर्न यसअघिको शंकर पोखरेल नेतृत्वको सरकारले उद्योगमन्त्री लीला गिरी रहेका बेलामा विशेष अभियान शुरू गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ असार २०८१, १६ : ३५
लेखकबाट थप