कोशी प्रदेशको बजेट ३५ अर्ब ६३ करोड !

सफल खबर संवाददाता

शनिबार, ०१ असार २०८१, १५ : ३७
कोशी प्रदेशको बजेट ३५ अर्ब ६३ करोड !

विराटनगर। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि आज बजेट ल्याउँदैछ । शनिबार दिउँसो तीन बजे बस्ने प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्ने भनिए पनि केही ढिलो भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर प्रदेश सभामा पुगिसकेका छन् ।आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार ३५ अर्ब ६३ करोडको बजेट आउन लागेको छ ।चालू आर्थिक वर्षका लागि ३६ अर्बको बजेट कार्यान्वयन भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस