काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु रहेको बताएका छन ।
शनिवार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले रास्वपासँग आम नागरिकहरुको ठूलो आश रहेको भन्दै रास्वपाले सरकारमा गएको सय दिनमा कुनै नराम्रो काम नगरेको दाबी गरे ।
उनले आम नागरिकको मत लिएर सरकारमा गएको रास्वपाले कुनैपनि नराम्रो काम गरेको बताए । उनले रास्वपालाई देश बनाउने, नागरिकको स्तर सुधार्ने ठूलो कार्यभार रहेको बताए । उनले उपलब्धि नै भ्रष्टाचारीको ठूला फाइल खोल्नुलाई लिइरहेको बताए । उनले आफ्नो पार्टी सरकारमा पुगेपछि विधिको स्थापना गरेको बताए ।
उनले भने , ‘हामीसँग आशा र अपेक्षा यति धेरै गरिएको छ, मैले हिजो पनि भनेको थिएँ, यो देशमा केही पनि नराम्रो नगर्नु सबैभन्दा राम्रो गर्नु हो आजको दिनमा । नराम्रो केही पनि नगर्नु नै आफैँमा राम्रो गर्ने अवस्था सिर्जना भएको बेलामा म गर्वका साथमा भन्नसक्छु, तपाईंको मत लिएर गएको रास्वपाले सय दिनमा नराम्रो काम एउटा पनि गरेनौँ । तर नराम्रो नगर्दैमा पुग्ने दल हो र हाम्रो । हामीमा त कत्रो भारी छ । कत्रो अपेक्षा छ, माछै माछाका कुरा छन् यहाँ । सबैभन्दा ठूलो त यहाँ माछा छ नि त । उपलब्धि के हो माछा भन्ने हामीले बनाएका छाँै । हामीले पनि भनेकै हौँ, बनाएका पनि हौँ । अरु त सबै ठिक छ, खै त भन्ने । चिया पसलहरुमा पनि खै त सय दिन भयो खै त भन्ने छ । विधिको स्थापना गर्ने काम गरेको छ, पछिसम्म काम लाग्ने काम गरेको छ ।’
उपप्रधानमन्त्री लामिछानेले पुराना राजनीतिक दलहरुसँग आफ्नो पार्टी मिलेर नगएको र रास्वापाका पदाधिकारी चिन्तित भएर लाग्नु नै पार्टी अघि बढ्नु रहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ असार २०८१, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रालयबाट विदा हुने बेला गृहमन्त्री लामिछानेले के-के भने ?
लागु औषधको दुर्व्यसनी नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउँदैछौँ : गृहमन्त्री लामिछाने
जीबी राईलाई नेपाल ल्याउन प्रयासरत छौं : गृहमन्त्री लामिछाने
गृहमन्त्री लामिछानेविरुद्धको रिट 'हेर्दा हेर्दै' मा
गृहमन्त्री लामिछानेद्वारा सय दिनमा कामको सूची सार्वजनिक (पुर्णपाठ)
सरकारमा त हामी छौं, सत्ता अर्को छ : गृहमन्त्री लामिछाने