काठमाडौं । बागमती प्रदेश सरकारले दोश्रो आवधिक योजना स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नीति तथा योजना आयोगले पेस गरेको दोश्रो आवधिक योजना ०८१/८२ देखि ०८५/८६ स्वीकृत गरेको हो ।
मन्त्रिपरिषद बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मकवानपुर जिल्लामा प्रदेश अस्पताल स्थापनाका लागि अध्ययन गर्न नीतिगत सहमति दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए ।
यसैगरी प्रदेश स्वास्थ्य नीति २०८१ र आयुर्वेदिक औषधि उत्पादन संहिता र आयुर्वेद औषधिको लेबल डिजाइन स्वीकृत पनि गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका श्रेष्ठले जानकारी दिए ।
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३२ जेठ २०८१, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट