काठमाडौं । बागमती प्रदेश सरकारले दोश्रो आवधिक योजना स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नीति तथा योजना आयोगले पेस गरेको दोश्रो आवधिक योजना ०८१/८२ देखि ०८५/८६ स्वीकृत गरेको हो ।
मन्त्रिपरिषद बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मकवानपुर जिल्लामा प्रदेश अस्पताल स्थापनाका लागि अध्ययन गर्न नीतिगत सहमति दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए ।
यसैगरी प्रदेश स्वास्थ्य नीति २०८१ र आयुर्वेदिक औषधि उत्पादन संहिता र आयुर्वेद औषधिको लेबल डिजाइन स्वीकृत पनि गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३२ जेठ २०८१, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा
बागमती प्रदेशमा धान उत्पादन वृद्धि