काठमाडौँ । कोशी प्रदेशको प्रदेश विकास परिषद्मा १५ जना सदस्य मनोनीत भएका छन् । २५ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ७ को उपदफा २ (छ) बमोजिम प्रदेश विकास परिषद् सदस्य मनोनीत गरेको हो ।
सरकारले झापा गौरादह-१ का जीतबहादुर कार्की, विराटनगरका उद्योगी महेशकुमार जाजु, नवीन रिजाल, झापा दमककी राधिका ओझा, झापा हल्दीबारीका भवानीप्रसाद दंगाल, विराटनगरकी प्रतिभा रिजाल, विराटनगरकै उद्योगी प्रकाश मुन्दडा, संखुवासभाकी बबिता कटुवाल, काठमाडौँका सुयस प्याकुरेललाई मनोनीत गरेको छ ।
यस्तै उदयपुर त्रियुगाका रमेशचन्द्र रोका, बूढीगंगा मोरङकी रिता न्यौपाने, सुनसरीका भीमप्रसाद घिमिरे, विराटनगरकै राधा अधिकारी, सर्लाहीका एकचन्द्र बराल र विराटनगरकै टिकाराम पुरी मनोनीत भएका छन् ।
प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ७ मा परिषद् गठन सम्बन्धी व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ जेठ २०८१, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी सरकारको एक वर्षे समीक्षा : लगानी, पूर्वाधार र सुशासनमा उल्लेखनीय प्रगति
कोशीमा पर्यटन वर्ष सुरुसँगै, पर्यटकको चहलपहल बढ्यो
प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने कोशी माओवादीको चेतावनी
नवनियुक्त आन्तरिक मामिला मन्त्रीले लिए शपथ
कोशीमा बन्यो दुई दलीय संयन्त्र, १४ वटै जिल्लामा विस्तार गर्ने
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति