बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महरासँग मगर समुदायले भूमे पर्वको अवसरमा सार्वजनिक बिदाको माग गरेको छन् ।
मुख्यमन्त्री महरासँग मगर बाहुल्य क्षेत्र दाङ र प्युठानमा भूमे पर्वको अवसरमा सार्वजनिक बिदा दिनुपर्ने भन्दै नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति दाङले माग पत्र बुझाएको हो । मुख्यमन्त्री महराले मगर समुदायको माग प्रति आफू सकारात्मक रहेको र सार्वजनिक बिदाका लागि पहल गर्ने आश्वस्त दिए ।
सङ्घका उपाध्यक्ष खगेन्द्र पुन मगरको हस्ताक्षर रहेको पत्रमा असार १ देखि ३ गते सम्म भूमे पर्व मनाउनका लागि लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग गरिएको छ ।
रोल्पा र रुकुममा विगत वर्षदेखि भूमे पर्वको अवसरमा असार १ गते सार्वजनिक बिदा दिने प्रचलन रहेकाले मगर बाहुल्य क्षेत्र दाङ र प्युठानमा पनि बिदा दिनुपर्ने नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति दाङको माग छ । आफ्नै कला, पहिचान, रहनसहन र मौलिक पहिचान बोकेको भूमे पर्वलाई रोल्पा, रुकुम, दाङ र प्यूठान लगायतका जिल्लामा विशेष पर्वको रूपमा मगर समुदायले मनाउने प्रचलन छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ जेठ २०८१, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भदौ २२ गते चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा
स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
रुरूक्षेत्रमा आइतबार सार्वजनिक बिदा
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
मधेस प्रदेशमा आज सार्वजनिक बिदा