काठमाडौँ । गण्डकी सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई बहुमत पुर्याउन नेपाली काँग्रेसले राप्रपाको सहयोग खोजेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाएर समर्थन मागेका छन् ।
गण्डकीमा सर्वोच्च अदालतको परमादेशबाट काँग्रेस संसदीय दलका नेता पाण्डे गत जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । संवैधानिक व्यवस्थाअनुसार उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ ।
पाण्डेले आउँदो जेठ २८ गते विश्वासको मत माग्ने तयारी गरेका छन् । ६० सदस्यीय प्रदेशसभामा काँग्रेससँग २७ जना मात्र सांसद छन् । उसलाई अन्य दलबाट ४ जना सांसदको समर्थन आवश्यक पर्छ ।
गण्डकीमा राप्रपाका दुई सांसद छन् । यस्तै, स्वतन्त्र दिपक मनाङे र डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटालाई समेत तानेर ३१ मत पुर्याउने पाण्डेको रणनीति रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ जेठ २०८१, १७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती