काठमाडौँ । गण्डकी सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई बहुमत पुर्याउन नेपाली काँग्रेसले राप्रपाको सहयोग खोजेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाएर समर्थन मागेका छन् ।
गण्डकीमा सर्वोच्च अदालतको परमादेशबाट काँग्रेस संसदीय दलका नेता पाण्डे गत जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । संवैधानिक व्यवस्थाअनुसार उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ ।
पाण्डेले आउँदो जेठ २८ गते विश्वासको मत माग्ने तयारी गरेका छन् । ६० सदस्यीय प्रदेशसभामा काँग्रेससँग २७ जना मात्र सांसद छन् । उसलाई अन्य दलबाट ४ जना सांसदको समर्थन आवश्यक पर्छ ।
गण्डकीमा राप्रपाका दुई सांसद छन् । यस्तै, स्वतन्त्र दिपक मनाङे र डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटालाई समेत तानेर ३१ मत पुर्याउने पाण्डेको रणनीति रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ जेठ २०८१, १७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीमा घट्दै बर्खे धान खेती
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल
स्थानीय तहका छ वटा अस्पताल प्रदेश सरकार मातहत ल्याउन पहल
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता