बुटवल । नेकपा एमाले रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्वसम्मत चयन भएका छन् । रुपन्देहीको १० औँ अधिवेशनबाट गैरे सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
तर औपचारिक रूपमा घोषणा हुन भने बाँकी छ । नेताहरूबिच बिहीबार गैरेलाई अध्यक्ष बनाउने सहमति जुटेको थियो । अध्यक्षका अर्का उम्मेदवार तेजेन्द्र केसीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गैरे अध्यक्षमा चयन भएका हुन् ।
निर्वाचन समिति अनुसार अधिवेशनबाट उपाध्यक्षमा हितराज पन्थी र सचिव पदमा चित्रबहादुर कार्की, उपसचिवमा बाबुराम पन्थी र महिलातर्फको उपसचिवमा सुनिता ठठेर सर्वसम्मत भएका छन् ।अधिवेशनको बुधबार एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलले उद्घाटन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ जेठ २०८१, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकार महासंघका अध्यक्षले दिए राजीनामा
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त
चेम्बर अफ कमर्स लुम्बिनीको अध्यक्षमा पोखरेल
संविधान संशोधन पश्चगमन होइन : केपी ओली
इन्टरनेशनल पेजेन्ट एन्ड फेसन क्लबको अध्यक्षमा फैजु
प्रधानमन्त्री ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता