बुटवल । नेकपा एमाले रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्वसम्मत चयन भएका छन् । रुपन्देहीको १० औँ अधिवेशनबाट गैरे सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
तर औपचारिक रूपमा घोषणा हुन भने बाँकी छ । नेताहरूबिच बिहीबार गैरेलाई अध्यक्ष बनाउने सहमति जुटेको थियो । अध्यक्षका अर्का उम्मेदवार तेजेन्द्र केसीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गैरे अध्यक्षमा चयन भएका हुन् ।
निर्वाचन समिति अनुसार अधिवेशनबाट उपाध्यक्षमा हितराज पन्थी र सचिव पदमा चित्रबहादुर कार्की, उपसचिवमा बाबुराम पन्थी र महिलातर्फको उपसचिवमा सुनिता ठठेर सर्वसम्मत भएका छन् ।अधिवेशनको बुधबार एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ जेठ २०८१, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
मधेसमा उम्मेदवार बन्न दलका अध्यक्षको ताँती
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
छठले राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्छ: राष्ट्रियसभा अध्यक्ष दाहाल
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष
काठमाडौँ जिल्ला अदालत बारको अध्यक्षमा चिलुवाल