काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादी केन्द्रसहितको ४ दलीय समाजवादी मोर्चाको औचित्य समाप्त भएको बताएका छन् । दल विभाजनपश्चात् सरकारबाट बाहिरिएका यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आक्रोशित हुँदै मोर्चाको औचित्य समाप्त भएको बताएका हुन् ।
‘समाजवादी मोर्चा प्रधानमन्त्रीले पोलेर खाइहाले नि । मोर्चा भए नि सहभागी हुने । मोर्चा नै सिध्याएपछि सहभागीको औचित्य छैन’, बिहीबार यादवले भने । सत्ता समीकरण फेरिएपछि यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री थिए ।
उनी अमेरिका र कतार भ्रमण रहेकै बेला जसपा नेपालका सङ्घीय परिषद्का अध्यक्ष अशोक राई समूहले वैशाख २३ गते पार्टी विभाजन गरेका थिए । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको योजनामा पार्टी विभाजन भएको उनको आरोप छ । सरकारबाट बाहिरिएपछि मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवले बुधबार यादवसँग छलफल गरेका थिए । भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ जेठ २०८१, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?
गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणी: ‘यो राजनीतिक मामिला हो, अनुसन्धान गरे सहयोग गर्छु’
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता
भूमि विधेयक ल्याएर सरकारले सङ्घीयतामाथि प्रहार गर्यो : अध्यक्ष यादव
तराईलाई मरुभूमि बनाएर भूमिफियालाई जग्गा बाँड्ने गरी सरकारले भूमि विधेयक ल्याएको छ: उपेन्द्र यादव