बालेनको समर्थन गर्दै कांग्रेस सांसदले भनिन्– इन्दचोक, बसन्तपुरमा किन चाहियो गाँडी चल्ने सडक ?

सफल खबर संवाददाता

विहीबार, २४ जेठ २०८१, १२ : २९
बालेनको समर्थन गर्दै कांग्रेस सांसदले भनिन्– इन्दचोक, बसन्तपुरमा किन चाहियो गाँडी चल्ने सडक ?

काठमाडौँ। काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले काठमाडौंको न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने प्रयासमा संघीय सरकारले हस्तक्षेप गरेकोमा नेपाली कांग्रेसी सांसदले विरोध जनाएकी छिन् । 

बिहीवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद कान्तिका सेजुवालले मेयर शाहलाई काम गर्न दिनुपर्ने बताएकी हुन् ।‘काठमाडौं महानगर र संघीय सरकारको विवाद चुलिएको छ, कि सरकारले ऐन नै खारेज गर्नुपर्‍यो ।

होइन भने बालेनलाई काम गर्न किन नदिने ?’ सेजुवालले भनिन्, ‘इन्दचोक र बसन्तपुर र ठमेलमा किन गाडी चल्ने सडक चाहियो ? बालेनको भिजनलाई समर्थन गर्दछु । भौतिक मन्त्रालयसँग पैसा धेरै छ भने कर्णालीमा लगानी गरोस् ।’न्युरोडमा फुटपाथ विस्तार गर्ने महानगरको कदममा सडक विभागले हस्तक्षेप गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस