काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव आज पाँचौँ पटक विश्वासको मत लिन लागेका छन् ।आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्री यादव विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका हुन् । उनको प्रस्तावमा सभामुख रामचन्द्र मण्डलले छलफल प्रारम्भ गरेका छन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एस सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री यादव आज विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत सम्बन्धी कार्यसूची सार्न खोजेका थिए ।
तर सभामुख मण्डलले आग्रह अस्वीकार गरेको र उनको दल समेत विभाजन भएकाले संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री यादवले आजै विश्वासको मत लिन बाध्य भएका हुन् ।
मुख्यमन्त्री यादवलाई जसपा नेपाल, नेपाली काँग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ जेठ २०८१, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुधवार मधेश प्रदेशमा सार्वजनिक बिदा
धनुषामा सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु
सर्लाहीका १९ अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
मधेश प्रदेश सभाको कार्यसूचीमा चढ्यो भाषा विधेयक फिर्ताको प्रस्ताव
संविधान संशोधनका नाममा संघीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैन : मुख्यमन्त्री सिंह
मधेशका मुख्यमन्त्री सिंहसँग जनमतले सोध्यो स्पष्टीकरण