मनसुन पूर्वतयारी प्रतिकार्य योजना सार्वजनिक, १८ लाख मानिस प्रभावित हुने अनुमान

सफल खबर संवाददाता

बुधबार, २३ जेठ २०८१, १५ : २५
मनसुन पूर्वतयारी प्रतिकार्य योजना सार्वजनिक, १८ लाख मानिस प्रभावित हुने अनुमान

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना २०८१’ सार्वजनिक गरेको छ ।प्राधिकरणले आज पत्रकार सम्मेलन गर्दै मनसुन पूर्वतयारी प्रतिकार्य योजना सार्वजनिक गरेको हो ।

 

सार्वजनिक योजनाअनुसार मनसुन शुरू भएदेखि अन्त्य नहुँदासम्म राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा नियमित कमान्ड पोस्टमा रहेर कार्य गरिने जनाइएको छ ।यही जेठ २१ गते उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित प्राधिकरणको कार्यकारी समिति बैठकले उक्त कार्ययोजना पारित गरेको थियो ।

 

 

प्राधिकरणले यस वर्ष १८ लाख एक हजार मानिस र चार लाख हजार घर प्रभावित हुने अनुमान गरेको छ ।प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले साप्ताहिक, तीन दिन र एक दिन अगाडिको मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर जोखिम आकलन गरी पूर्वतयारी र प्रतिकार्य योजना प्रभावकारी कार्यान्वयन गरिने बताए ।

उनका अनुसार प्राधिकरणले विभिन्न मन्त्रालय र निकायसँग समन्वय गरी काम गर्नेछ ।

प्रतिक्रिया दिनुहोस