जनता बैंकले ल्यायो अनलाइन खाताको सुविधा

सफल खबर संवाददाता

विहीबार, ११ असोज २०७५, १७ : ३३
जनता बैंकले ल्यायो अनलाइन खाताको सुविधा

काठमाडौँ । सूचना प्रविधिमार्फत सहज र सुलभ रुपमा आम नागरिकसम्म सजिलै बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले अन लाइनबाट खाताखोल्ने सुविधा संचालनमा ल्याएको छ । जनता बैंकको बेभ साइट धधध।वबलबतबदबलप।अयm।लउमा लग अन गरी स्वदेश तथा बिदेशको कुनै पनि स्थानबाट जनता बैंकको देश भरी रहेका १ सय २३ ओटै शाखामा खाता खोल्न सकिने छ । 
यस सुविधाबाट देशको कुनै पनि भौगोलिक दुरीमा अथवा विदेशमा रहेका नेपालीहरुले सजिलै जनता बैंकको सेवाप्राप्त गर्न सक्ने विश्वास लिइएको छ । यो सेवा हाल व्यक्तिगत खाता खोल्नको लागिमात्र प्रयोग गर्न सकिने छ । अनलाइनबाट खाताखोले पश्चात ग्राहकको खाता नं. र आवश्यक जानकारी व्यक्तिगत इमेलमा पठाइने छ । यस विधिबाट खोलिएको खातामा प्रचलित कानुन बमोजिम तुरुन्तै कारोवार संचालन गर्न सकिने छ भने चेक प्राप्त गर्न तथा खाताबाट रकम ट्रान्सफर गर्नको लागि एक पटक ग्राहकले सम्बन्धित शाखामा सम्पर्क गरी फाराममा हस्ताक्षर गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस