काठमाडौँ । काभ्रेको बनेपामा हिमाल तराई र अरनिको यातायातका कर्मचारीबिच झगडा भएको छ । अरनिको यातायात सेवा प्रालिको बसलाई हिमाल तराई यातायात सेवा प्रालिका चालकले रोकेपछि विवाद सुरु भएको थियो ।
अरनिको यातायातका कर्मचारीले मुल सडकमा बस तेर्स्याएर चक्काजाम गरेसँगै डीएसपी लालध्वज सुवेदी नेतृत्वको टिम पुगेर सडक खुलाएका छन् । विवाद सुरु भएपछि हिमाल तराईका अध्यक्ष एक गाडी मान्छे लिएर बनेपा पुगेका हुन् ।
झडपमा संलग्न आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा घर भएका ३० वर्षीय कुमार सुनुवार छन् ।
सडक जाम खुलेपछि अरनिको यातायातका चालकलाई कुटेको आरोपमाा सुनुवारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका डीएसपी लालध्वज सुवेदीले बताए। उनी हिमाल तराईका कर्मचारी हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ जेठ २०८१, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४ सय ७५ किलो गाँजासहित २ जना पक्राउ
विभिन्न कारागारबाट भागेका ७ जना कैदी झापाबाट पक्राउ
स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ