बुटवल । नेकपा (एमाले) रूपन्देहीको १०औं अधिवेशन आज (बुधबार)देखि शुरू हुँदै छ ।
भैरहवास्थित सिद्धार्थ भिलासा होटलमा हुने अधिवेशनको आज दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले अधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिए । ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, पदमा अर्याललगायत नेताहरू पनि अधिवेशनमा सहभागी हुँदैछन् ।
अधिवेशनको लागि ८५३ जना प्रतिनिधि छनोट भएका छन् । जिल्ला नेतृत्वको लागि वर्तमान अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे र उपसचिव चित्रबहादुर कार्की प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ जेठ २०८१, १० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा
महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति
माइतीघरबाट एमालेको विरोध प्रदर्शन सुरु
एमालेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप
ओलीको पक्राउको विरोधमा एमालेद्वारा दिउँसो ३ बजे ७७ जिल्लामै शसक्त विरोध प्रदर्शनको आह्वान
एमाले अध्यक्ष ओली पक्राउपछि तनावः सडकमा उत्रिए आक्रोशित कार्यकर्ता