काठमाडौ । आईसीसी टी–२० विश्वकपअन्तर्गत नेपालको पहिलो प्रतिस्पर्धा प्रधानमन्त्री प्रचण्डले पनि राति अबेरसम्म नसुती चाखपूर्वक हेरेका छन्।
मंगलबार राति नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरेको थियो। राति सवा ९ बजे सुरु खेल सकिँदा करिब १ बजेको थियो।
सो प्रतिस्पर्धा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले बालुवाटारस्थित आफ्नो सरकारी निवासमा टीभी हेर्दै सामाजिक सञ्जालमार्फत नेपाली खेलाडीहरूलाई हौसला दिएका हुन्। जुन तस्बिर प्रधानमन्त्री प्रचण्डले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
खेल चरिहेका बेला उनले लेखेका थिए, ‘नेपालको विश्वकप यात्रामा रोमाञ्चक क्षण आउँदै छ। नेपाली टिमका खेलाडी साथीहरू! म तपाईंहरूको साथमा छु, सिंगो देश तपाईंहरूको साथमा छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ जेठ २०८१, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
क्यानडालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश
सात देश विश्वकपको नकआउट चरणमा : अन्तिम ३२ मा पुगेका टिम कुन कुन हुन् ?
टर्की विश्वकपबाट बाहिरियो
विश्वकपमा क्यानडाको ऐतिहासिक जित : कतार ६-० ले पराजित
विश्वकपमा स्वीडेनको सानदार सुरुआत, ट्युनिसियामाथि ५ गोलको वर्षा